Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समयअनुसार विद्युत् महसुल फरकफरक हुने

समयअनुसार विद्युत् महसुल फरकफरक हुने


  • 1.9K
    Shares

    • images
    समयअनुसार विद्युत् महसुल फरकफरक हुने

    काठमाडौं । सरकारले विद्युत् उपभोगको समयका आधारमा ग्राहकले तिर्ने महसुल फरकफरक बनाउने घोषणा गरेको छ । विहीबार संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

    ‘औद्योगिक र ग्रार्हस्थ्य ग्राहकका लागि ऊर्जाको माग, खपत र समयका आधारमा विद्युत महसुल फरक फरक पारिनेछ,’ अर्थमन्त्री पौडेलले घोषणा गरे ।
    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब १ करोड विनियोजन गरिएको पनि उनले जनाकारी दिए ।

    ऊर्जा क्षेत्रको अनुसन्धान र विकासलाई प्राथमिकता दिइने, भूमिगत जलस्रोतको उपयोगलाई डिजिटाइजेसन गरिने, ऊर्जा सुरक्षाका लागि उत्पादन विविधकरण गरिने तथा जलायशयुक्त आयोजनालाई प्राथमिकता दिइने पनि उनले बताए ।

    विद्युत्‌को उत्पादन, वितरण र प्रसारणमा निजी लगानीलाई प्रोत्साहन गर्ने पनि उनले बताए । विद्युत् निर्यात बढाउन कुटनीतिक पहल गर्ने पनि उनले बताए । ग्रीन हाइड्रोजनका लागि अध्ययन गरिने घोषणा पनि मन्त्री पौडेलले गरे ।

    सौर्य र वायुऊर्जालाई प्रोत्साहित गर्न यस्तो विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्दा जलाशययुक्त बराबरको विद्युत खरिद दर दिइने पनि उनले बताए ।

    अपर अरुण, सुनकोसी तीनलगायतको लगानी ढाँचा बनाइने, कर्णाली चिसापानीको लगानी ढाँचा, इन्जिनियरिङ डिजाइन सकिने पनि उनले बताए ।

    जलविद्युत आयोजनाको सम्पन्न हुँदा बखत प्रसारण लाइन सम्पन्न हुने गरी योजना बनाउने पनि उनले घोषणा गरे । अब रन अफ द रिभर आयोजनाका लागि टेक एन्ड पेको नियम लगाइने पनि उनले बताए ।

    कुनै उद्योगमा बिजुली जोड्न उद्योग आफैँले प्रसारण बनाए उनसले ह्विलिङ चार्ज बनाउने पनि उनले बताए । अन्तरदेशीय प्रसारणलाइनको निर्माण अघि बढाइने, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन यसै वर्ष सम्पन्न गर्ने पनि उनले बताए ।

    एलपी ग्यासलाई प्रतिस्थापन गरी विद्युतीय चुलोलाई प्रवद्र्धन गर्ने घोषणा पनि उनले गरे । रानीजनरा र कुलरिया र सुनकोसी मरिन डाइभर्सन आयोजनाबाट उत्पादन हुने विद्युतबाट हुने आम्दानी संघीय सञ्चित कोषमा जम्मा गरिने पनि उनले बताए ।

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १६:००:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij