Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन

किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन


  • 1.3K
    Shares

    • images
    किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन

    काठमाडौं ।अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा १६ खर्ब ६२ अर्ब १६ करोड खर्च हुने संशोधित अनुमान पेस गरेका छन् ।
    सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । 

    सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । अर्धवार्षिक समीक्षामार्फत बजेट घटाएका अर्थमन्त्रीले अहिले अर्को संशोधित अनुमान पेस गरेका हुन् । 

    यसमध्ये चालुतर्फ ८८.५ प्रतिशत, पुँजीगततर्फ ८३.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९७.६ प्रतिशत खर्च हुने उनको संशोधित अनुमान छ ।
    आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक खुद नोक्सान बेहोर्नेमा नेपाल वायुसेवा निगम छ । सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार निगम ०८०/८१ मा १६ अर्ब ६८ करोड सात लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ । निगमको वित्तीय अवस्था जहाज खरिद ऋणको साँवा ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरूको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयन जस्ता कारणले निरन्तर घाटा बढ्दै गएको वार्षिक समीक्षामा उल्लेख छ । 

    यसैगरी  सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यले सो रकम विनियोजन गरेको जनाएका छन् ।

    उनले भने ‘कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिकका लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरिएको छ । कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यले सो रकम विनियोजन गरिएको हो । सरकारले चालु आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।’

    नेपालमा आवश्यक पर्ने रासायनिक मल पूर्ण रूपमा अन्य देशबाट आयात हुँदै आएको छ । जसमा सरकारले वर्षेनी अर्बौं रकम अनुदानबापत उपलब्ध गराउने गरेको छ । सरकारले चालु आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    नेपालमा रासायनिक मलको कारखाना खोल्ने सन्दर्भमा ‘डिआइएजी इण्डष्ट्रिज जीएमबीएच’ले सम्भाव्यता अध्ययन गरेको छ । मंगलबार बसेको लगानी बोर्डको बैठकले सोही सम्भाव्यतालाई टेकेर उपयुक्त सुझाव दिन कार्यदल गठन गरेको छ ।

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १४:५८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij