Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रत्नपार्कमा एमाले र राजावादीको घम्साघम्सी

रत्नपार्कमा एमाले र राजावादीको घम्साघम्सी


  • 2.3K
    Shares

    • images
    रत्नपार्कमा एमाले र राजावादीको  घम्साघम्सी

    काठमाडौं ।  एमालेले गणतन्त्रको उत्सव मनाइरहँदा राजावादीको र्‍याली रत्नपार्क पुगेको छ। त्यहाँ केहीबेर दुई समूहबिच घम्साघम्सी चलेको छ। तर बाक्लो रुपमा सुरक्षाकर्मी खटिएकाले झडप हुन पाएको छैन। 

    दुवै समूह एकअर्काप्रति आक्रामक देखिएका छन्। प्रहरी दुई समूहलाई भेट हुन दिएको छैन। एमालेले गणतन्त्रको पक्षमा उत्सव मनाउने र राजावादीले अहिलेको व्यवस्थाविरोधमा एकै स्थानमा कार्यक्रम गरेका हुन्।

    तर प्रशासनले उनीहरूसँग समन्वय गरेर छुट्टा छुट्टै समय तोकेको थियो। एमालेलाई २ बजेसम्ममा कार्यक्रम सक्न भनिएको थियो। राजावादीको कार्यक्रम साढे २ बजे मात्रै रत्नपार्क पुग्ने गरी समन्वय गरिएको थियो। तर एमालेको कार्यक्रम २ बजेसम्म पनि सकिएको छैन भने राजावादीहरू २ नबज्दै रत्नपार्क आसपास पुगिसकेका छन्।

    एमालेको कार्यक्रम सकिएपछि अहिले राजावादीहरू शान्तिबाटीकामा भेला भएको काठमाडौँ प्रहरी परिसरका प्रहरी प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। 

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १३:४२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij