Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ज्ञानेन्द्रलाई माधवको चुनौती : देशको चिन्ता भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस्

ज्ञानेन्द्रलाई माधवको चुनौती : देशको चिन्ता भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस्


  • 2.0K
    Shares

    • images
    ज्ञानेन्द्रलाई माधवको चुनौती : देशको चिन्ता भए  चुनाव जितेर प्रधानमन्त्री बनेर  देखाउनुस्

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको विकल्प सम्मुनत गणतन्त्रमात्रै भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले वंशको शासन नचाहिएको बताए ।
     
    “गणतन्त्रको विकल्प सम्मुनत गणतन्त्र नै हो । गणतन्त्रको विकल्प राजतन्त्र होइन । राजतन्त्रको बारेमा कुरा उठिरहेको छ,” उनी भन्छन्, “बाबु भएन भने छोरा, छोरा भएन भने नाति, कुन दिन जन्मिँदै गरेको पनातिलाई जिम्मा दिऊँ भन्ने कुरा आउला त्यो हुनाले वंशको शासन हामीलाई चाहिएको छैन ।”

    उनले पूर्वराजा ज्ञाानेन्द्र शाहलाई मुलुक सञ्चालनको चिन्ता भए प्रधानमन्त्री बनेर आउन चुनौती दिए । “यदि मुलुक सञ्चालन गर्ने चिन्ता कसैलाई लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनावको मैदानमा उत्रिए हुन्छ । जनताको मन र विश्वास जिते हुन्छ,” उनले भने ।
     
    प्रतिस्पर्धाबाट मन जितेर अघि बढ्ने आँट गर्न उनले पूर्वराजालाई चुनौती दिए । अध्यक्ष नेपालले इतिहासको पांग्रा पछि धकेल्न नदिइने बताए ।  

    साथै उनले अहिले अरू पार्टीसँग एकता गर्ने सम्भावना नदेखिएको बताए  । कम्युनिस्ट पार्टीको विकल्प अरू पार्टी हुन नसक्ने उनको दाबी छ । पार्टी निर्माणको अभियानमा दृढताका साथ लाग्न नेता–कार्यकर्तालाई उनले निर्देशन दिए ।

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १२:३७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij