Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

रत्नपार्क क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था, २ बजेअघि राजावादीहरूलाई जहाँको त्यहीँ रोकिने

रत्नपार्क क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था, २ बजेअघि राजावादीहरूलाई जहाँको त्यहीँ रोकिने


  • 3.1K
    Shares

    • images
    रत्नपार्क क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था, २ बजेअघि राजावादीहरूलाई जहाँको त्यहीँ रोकिने

    काठमाडौं । नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

    आजको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रहरीले उपत्यकामा ३८ सय जनशक्ति परिचालित गरेको छ ।

    गणतन्त्र दिवस, मूल समारोह समितिको कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च, टुँडिखेलमा पुगे लगत्तै उक्त संख्याको प्रहरी जनशक्ति तोकिएका स्थानमा तैनाथ भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

    प्रहरी परिचालनको नीतिअनुसार ललितपुर र भक्तपुर जिल्लाका प्रहरी युनिटका हकमा सोही जिल्लाबाट काठमाडौंतर्फ जाने प्रदर्शनकारीको व्यवस्थापन जिम्मेवारी दिइएको छ ।

    राजावादी समर्थक प्रदर्शनकारीलाई दिउँसो २ बजे अगाडि जहाँको त्यहीँ रोकिने र त्यसपछि रत्नपार्कस्थित शान्तिबाटीका प्रवेश गर्न दिइने भएको छ । तर, त्यसक्रममा निषेधित क्षेत्रमा प्रदर्शन गर्न नदिइने भएको छ । निषेधित क्षेत्र घोषणा नगरिए पनि गौशालाबाट सिनामंगल, तीनकुने क्षेत्रमा भिड जम्मा हुन नदिने सुरक्षा नीति छ ।

    ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार लुभु, लामाटारबाट राप्रपा कार्यकर्ता भक्तपुर हुँदै कोटेश्वरमा जम्मा हुने तयारीमा छन् । दक्षिणी ललितपुरका विभिन्न स्थानबाट चापागाउँ हुँदै जावलाखेलमा जम्मा हुने उनीहरूको योजना प्राप्त भएका कारण सोहीअनुसार प्रहरी परिचालित भएका छन् ।

    भक्तपुरबाट पनि कोटेश्वर हुँदै उनीहरू काठमाडौं प्रवेश गर्ने कारण उनीहरूलाई २ बजेसम्म मनोहरा पुलमै रोकिने भएको छ । एमाले प्रदर्शनकारी भने विभिन्न स्थानबाट बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरतिर जम्मा हुन थालिसकेका छन् । उनीहरूलाई पनि निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने गरी प्रहरी टोली परिचालित छ ।

    राजावादी समर्थकका प्रदर्शनकारीलाई सामान्यतया २ बजेभन्दा अगाडि चक्रपथ सडकबाट अगाडि बढ्न नदिइने, यदि चक्रपथभित्रका विभिन्न स्थानमा उनी जम्मा भएमा २ बजेसम्मका लागि जहाँको त्यहीँ रोकिने गरी प्रहरी परिचालित भएको छ ।

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १०:१६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij