Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बजेट

भोलि दिउँसो ३ बजे बजेट भाषण

भोलि दिउँसो ३ बजे बजेट भाषण


  • 1.3K
    Shares

    • images
    भोलि दिउँसो ३ बजे बजेट  भाषण

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि बिहीबार राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्ने भएका छन्। 

    संघीय संसद्को दैनिक कार्यसूचीमा अर्थमन्त्रीले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने समय अपराह्न ३ बजेलाई तोकिएको हो। 

    त्यसअगाडि दिउँसो १ः३० बजे सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। 

    त्यसैगरी उपप्रधान एवं अर्थमन्त्री पौडेलले बजेटअघि नै दिउँसो १ः३० मा आव २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने संसद् सचिवालयले जनाएको छ।

    दिउँसो १ः४५ बजे अर्थमन्त्री पौडेलले ‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित दैनिक कार्यसूची राखिएको छ। 


    संसद् सचिवालयका अनुसार बजेट पेस हुने समय ३ बज्नुअगावै सबै सांसदहरुलाई २ः४५ बजेअगाडि नै संयुक्त सभाको बैठकको लागि प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन भनिएको छ। 

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - १७:४२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij