Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गृहमन्त्रीको पत्रकार सम्मेलन

‘मेराविरुद्ध नियोजित षड्यन्त्रपूर्ण आक्रमण भइरहेको छ,’ मेरो कुनै संलग्नता छैन: गृहमन्त्री

‘मेराविरुद्ध नियोजित षड्यन्त्रपूर्ण आक्रमण भइरहेको छ,’ मेरो कुनै संलग्नता छैन: गृहमन्त्री


  • 2.0K
    Shares

    • images
    ‘मेराविरुद्ध नियोजित षड्यन्त्रपूर्ण आक्रमण भइरहेको छ,’ मेरो कुनै संलग्नता छैन:   गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् ।

    काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूलाई जोडेर भइरहेको प्रचार असत्य भएको दाबी गरे । उनले भने, ‘यो असत्य र बेठिक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन । मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ ।’

    उनले अध्यागमन कार्यालयमा सरुवा भएर गएको तीर्थराज भट्टराई आफूले कुनै मन्त्रालय वा विभागबाट ल्याएको कर्मचारी नभएको दाबी गरे ।

    उनले भने, ‘म यो मन्त्रालयमा जिम्मेवारी लिएर आउँदा यही मन्त्रालयको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशन भएर काम गरिराख्नुभएको थियो ।

    उहाँलाई त्यहाँ सरुवा गरिएको हो । उहाँले यसअघि मन्त्रालयका महत्त्वपूर्ण जिम्मेवारी र प्रजिअ भएर काम गरिसक्नुभयो । जो म भन्दा अगाडिका मन्त्रीहरूको सरुवा र खटपटमा भएको हो ।’

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - १६:२३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij