Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

त्रिविका उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

त्रिविका उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड


  • 1.8K
    Shares

    • images
    त्रिविका उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

    काठमाडौं । त्रिभुवन विश्वविद्यलयका उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोड भएको छ ।

    नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले बुधबार केसीको कार्यकक्ष तोडफोड गरेका हुन् । उनीहरूले रेक्टर कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।

    सानोठिमी, भक्तपुर, पाटन र सरस्वती क्याम्पसमा नेविसंघबाट निर्वाचित भएका स्ववियु अध्यक्षहरूले तोडफोड र तालाबन्दी गरेका हुन् ।

    उनीहरूले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड र तालाबन्दी गरेको बताइएको छ । त्रिविको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा असारभित्र गराउनुपर्ने छ ।

    सोहीअनुसार त्रिविले परीक्षा फारम खुलाएको थियो । फाराम खुलेपछि विद्यार्थी भर्ना बन्द हुन्छ । तर, नेविसंघका नेता–कार्यकर्ता शैक्षिक क्यालेन्डरविपरीत विद्यार्थी भर्नाका लागि दबाब दिन तोडफोडमा उत्रिएका हुन् ।

    यसअघि नेविसंघका विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भर्ना खोल्न दबाब दिएका थिए । स्ववियु निर्वाचनका बेला विद्यार्थी भर्ना रोकिएकाले अहिले भर्ना खोल्नु पर्ने उनीहरूको दावी छ ।

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - १५:२२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij