२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीको लागि ल्याइएको घिरौँलामा विषादी भेटिएको छ ।
काभ्रेमा उत्पादित घिरौँलामा अर्गानोफस्फेट नामक विषादीको मात्रा ३७.९२ प्रतिशत भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जानकारी दिएका छन् ।
केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले बुधबार कालीमाटीको तरकारी बजारमा १७ वटा स्टलमा १७ वटा तरकारीमा विषादी परीक्षण गरेको थियो भने यसमध्ये घिरौँलामा उक्त मात्रामा विषादी फेला परेको र केही दिन राखेर मात्रै बिक्री गरिनु पर्ने जानकारी दिएका छन् ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह किटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।
यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij