Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित


  • 1.3K
    Shares

    • images
    विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

    काठमाडौं । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।  बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए ।

    सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउनासाथ विपक्षीहरूले उठेर विरोध गरेपछि  बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।  

    भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - १२:३९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij