Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

न्युजिल्याण्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

न्युजिल्याण्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै


  • 1.3K
    Shares

    • images
    न्युजिल्याण्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै

    काठमाडौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौं आउने भएका छन् ।
       
    भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन्।

    भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उनको सम्मानमा परराष्ट्रमन्त्री डा. राणाले रात्रि भोजको आयोजना गर्ने कार्यक्रम छ । न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - १०:२०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij