Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विवाह गर्छु भन्दै किशोरीलाई पटकपटक करणी गरेको आरोपमा एक युवक पक्राउ

विवाह गर्छु भन्दै किशोरीलाई पटकपटक करणी गरेको आरोपमा एक युवक पक्राउ


  • 1.7K
    Shares

    विवाह गर्छु भन्दै किशोरीलाई पटकपटक करणी गरेको आरोपमा एक युवक पक्राउ
    images

    काठमाडौं । विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई  पटकपटक करणी गरेको आरोपमा संखुवासभा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-१ कुसुवाका २१ बर्षीय सोमकुमार तामाङ रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

    तामाङले ‘तिमीसँग विवाह गर्छु’ भन्दै ललाइफकाई झुक्यानमा पारेर किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप छ। 

    किशोरीको उजुरीको आधारमा पक्राउ परेका तामाङलाई संखुवासभा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए।

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - ११:१२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij