Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

आईसीयू अभावकै कारण ज्यान गुमाउँदै कोरोना संक्रमित, दुई दिनको अन्तरमा बाबु–छोराको निधन

आईसीयू अभावकै कारण ज्यान गुमाउँदै कोरोना संक्रमित, दुई दिनको अन्तरमा बाबु–छोराको निधन


  • 5.8K
    Shares

    आईसीयू अभावकै कारण ज्यान गुमाउँदै कोरोना संक्रमित, दुई दिनको अन्तरमा बाबु–छोराको निधन

    कोरोना विशेष अस्पतालमा आईसीयूसहितको शय्या नभएकै कारण पश्चिम नवलपरासीमा एक ३५ वर्षीय युवाले ज्यान गुमाउनु परेको छ ।

    पश्चिम नवलपरासी रामग्राम नगरपालिका–९ का ३५ वर्षीय युवालाई स्वास फेर्न कठिन भएपछि परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उनको आज विहान निधन भएको हो ।

    आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि त्यहाँ सुविधा नहुँदा अस्पतालले बुटवल रेफर गरेको थियो ।

    थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरे पनि शय्या अभावले सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरूल होदाले जानकारी दिए ।

    डा. होदाले भने, ‘आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई शय्या अभावले जिल्ला अस्पतालमै राख्नुपर्दा उपचार अभावमै उनको ज्यान गयो । बिरामीको अवस्था कमजोर भएकाले सोमबार नै भैरहवा र बुटवलको कोभिड अस्पतालमा अनुरोध गरे पनि ठाउँ पाइएन,’ उनले भने । दुई दिनअघि मात्र उनका बाबुको पनि कोरोनाका कारण घरैमा मृत्यु भएको थियो । 

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - ११:५५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij