Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

नेपालमा भित्रियो कोरोना भाइरस, सातजना भेटियो संक्रमित

नेपालमा भित्रियो कोरोना भाइरस, सातजना भेटियो संक्रमित


  • 1.4K
    Shares

    नेपालमा भित्रियो कोरोना भाइरस, सातजना भेटियो संक्रमित
    images

    काठमाडौं । पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएको छ । भारतमा पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि सातजना संक्रमित भएका छन् ।

    तत्कालको परीक्षण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    महाशाखाका निर्देशक चन्द्रबल झाका अनुसार कोरोना संक्रमण देखिएका सबैको विदेश भ्रमणको हिस्ट्री छैन । उनका अनुसार सबै संक्रमित डिस्चार्ज भएर घर गइसकेका छन् ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विभिन्न विज्ञहरूसँग छलफल गर्दा पहिलेको जस्तो डराउनुपर्ने स्थिति नरहेको उनले बताए । तर थोरै मात्रामा पनि बढ्ने अवस्थाको ख्याल गर्दै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको उनले बताए ।

    ‘बिरामीहरूलाई निगरानीमै राखेका छौं । सीमा नाका तथा हवाई नाकामा हेल्थडेस्क राखिएको छ’, उनले भने । सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकिएको उनले जानकारी दिए । परीक्षण कीट खरिदको लागि मन्त्रालयसँग अनुरोध गरिसकेको झाले जानकारी दिए ।

    ‘तत्काल महामारी नै फैलिने गरी बढ्ने सम्भावना त छैन । तर मास्क लगाउने, भिडभाडमा नजाने, साबुनपानीले हात धुने, लगायत आवश्यक सतर्कता अपनाउन जरुरी छ’, उनले भने ।

    अहिले भारत लगायत देशहरूमा देखिएको नयाँ भेरियन्ट सामान्य रहेको रिपोर्ट डब्लुएचओले पठाएको छ । ‘हाम्रोमा भेरियण्ट जाँच गर्न कम्तिमा ३०-४० वटा केश आए फ्रिक्वाइन्सी गर्ने भन्ने कुरा थियो । तर अहिले जनमानसमा त्रास फैलिएकाले थोरै केश भए पनि फ्रिक्वाइन्सी गर्ने विषयमा छलफल भइरहेको छ’, झाले भने ।

    अहिलेको भेरियन्ट कडा नभए पनि दीर्घरोगी तथा बालबालिका र वृद्धवृद्धाहरु जोखिममा हुने भएकाले आवश्यक सर्ताकता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १६:३२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij