Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वैकल्पिक बाटो बनाएर सञ्चालनमा आयो पृथ्वी राजमार्ग

वैकल्पिक बाटो बनाएर सञ्चालनमा आयो पृथ्वी राजमार्ग


  • 1.8K
    Shares

    • images
    वैकल्पिक बाटो बनाएर सञ्चालनमा आयो पृथ्वी राजमार्ग

    काठमाडौं । सडकमा भ्वाङ पर्दा अवरूद्ध बनेको पृथ्वी राजमार्ग वैकल्पिक मार्ग बनेसँगै सञ्चालनमा आएको छ।

    मंगलबार बिहान धादिङको थाक्रे गाउँपालिका-७ स्थित सोताङ खोलाको पुल नजिकै सडक भ्वाङ परेको थियो।

    अहिले वैकल्पिक मार्ग बनाएर राजमार्ग सञ्चालनमा आएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

    सडकमा भ्वाङ पर्दा धादिङको गल्छी हुँदै डाइभर्सन गरिएको थियो। पुरानो पुल नजिकै नयाँ पुल बनाइरहेको छ। नयाँ पुल बनाउने क्रममा पुरानो पुल नजिकै सडक भासिएको थियो। 

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १५:५१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij