Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वैदेशिक रोजगारी

युक्रेनमा दुई नेपाली अलपत्र

युक्रेनमा दुई नेपाली अलपत्र


  • 1.4K
    Shares

    • images
    युक्रेनमा दुई नेपाली अलपत्र

    कााठमाडौं । वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई नेपाली अलपत्र परेका छन्।

    युक्रेनमा अलपत्र पर्नेहरूमा रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बाग्लुङका २३ वर्षीय सन्देश केसी छन्। उनीहरूले गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्र कुमार राउतलाई सम्पर्क गरी उद्धारको लागि पहल गर्न आग्रह समेत गरेका छन्।

    सन् २०२४ को जुलाइमा उनीहरू त्यहाँ पुगेका रहेछन्। अहिले किएभको इमिग्रेसन क्याम्पमा छन्, राउतले भने, पीडितहरूले उद्धारका लागि पहल गरिदिन परराष्ट्र मन्त्रालय, जर्मनमा रहेको नेपाली दूतावास र एनआरएनएलाई आग्रह समेत गरेका छन्।

    एनआरएनए अध्यक्ष बद्री केसीले नेपाल सरकारको सहयोगमा उद्धार कार्यमा तत्काल सक्रिय हुन संघको केन्द्रीय कार्यालयलाई निर्देशन दिएका छन्।

    यसअघि गैरआवासीय नेपाली संघ र जर्मनीस्थित नेपाली दूतावासको पहलमा युक्रेनमा ९ महिनादेखि अलपत्र परेका दुई नेपालीको उद्धार गरिएको थियो।

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १५:१३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij