Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

भोलिसम्मलाई प्रतिनिधिसभा बैठक स्थगित

भोलिसम्मलाई प्रतिनिधिसभा बैठक स्थगित


  • 1.8K
    Shares

    • images
    भोलिसम्मलाई प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ ।

    गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई सारिएको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएका छन् ।

    विपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए । तर, दुवै पक्ष आफ्नो अडानबाट टसमस भएनन् । बिहीबार बजेट ल्याउनुपर्ने भएकाले सरकार पनि दबाबमा छ ।

    तर, विपक्षी दलले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगसम्मको माग गरेका छन् । उनीहरूले अब प्रधानमन्त्रीले यो प्रकरणमा जवाफ र गृहमन्त्रीको राजीनामा नआएसम्म ब्याक नहुने अडान राखेका छन् ।

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १५:०९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij