२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ भोलि अर्थात् जेठ १४ गतेदेखि निष्काशन हुने भएको छ । बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गर्न लागेको छ भने जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको जानकारी दिएको छ ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा जेठ १४ देखि १९ गतेसम्म आवेदन दिन सकिने छ भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २८ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्ने छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij