Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अपडेट

सभामुखको कार्यकक्षमा संसद् खुलाउन निरन्तर छलफल, गृहमन्त्रीको राजीनामा अडान कायमै

सभामुखको कार्यकक्षमा संसद् खुलाउन निरन्तर छलफल, गृहमन्त्रीको राजीनामा अडान कायमै


  • 1.9K
    Shares

    सभामुखको कार्यकक्षमा संसद् खुलाउन निरन्तर छलफल, गृहमन्त्रीको राजीनामा अडान कायमै

    काठमाडौं । विपक्षीहरूको अवरोधका कारण स्थगित संसद् खुलाउने प्रयास सफल हुन सकेको छैन ।

    सत्ता र प्रतिपक्षीबीच सहमतिको प्रयास गर्न सभामुख देवराज घिमिरेको पहलमा बैठक बसेको छ । बैठकमा सभामुख, उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी छन् ।

    तर, सबै आआफ्नो अडानमा कायम रहेकाले सहमति जुट्न सकेको छैन । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश लेखकलाई रोक्न नहुने अडान राखेका छन् । आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न गृहमन्त्री लेखकले बोल्न पाउनु पर्ने उनीहरूको भनाइ छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिएका छन् ।

    भिजिट भिसाको नाममा करोडौं रुपैयाँ लिएर नेपाली युवालाई विदेश उडाउने गरेको घटना सार्वजनिक भएपछि त्यसमा गृहमन्त्रीसमेत संलग्न रहेको आरोप विपक्षीहरूले लगाएका छन् ।

    सोही आरोपमा जवाफ दिन सदनमा उपस्थित भएका गृहमन्त्रीलाई बोल्न नदिई विपक्षीले लगातार अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेर सहमतिको प्रयास गरेका हुन् । तर, सहमति जुट्न सकेको छैन ।

    images
    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १४:३९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij