Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पियोर इनर्जीको शेयर कारोबार आजदेखि खुल्यो, कतिमा सुरु भयो पहिलो किनबेच ?

पियोर इनर्जीको शेयर कारोबार आजदेखि खुल्यो, कतिमा सुरु भयो पहिलो किनबेच ?


  • 1.7K
    Shares

    • images
    पियोर इनर्जीको शेयर कारोबार आजदेखि खुल्यो, कतिमा सुरु भयो पहिलो किनबेच ?

    काठमाडौं । पियोर इनर्जीको शेयर कारोबार आजदेखि दोस्रो बजारमा खुलेको छ।

    पियोर इनर्जीको आइपीओ हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो । कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने  व्यवस्था रहेको र्छ।

    नेप्सेले पियोर इनर्जीलाई ‘पीयूआरई’ कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९६.४५ रुपैयाँ र अधिकतम २८९.३५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

    नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएपछि नियमित सत्रको लागि कारोबारमा आएको छ । आज यस कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८९.३० रुपैयाँमा भएको छ।

    नेप्सेमा पियोर इनर्जीको १०० रुपैयाँ अंकित दरको कुल ८० लाख कित्ता शेयर सूचीकृत भएको छ भने जसमा संस्थापक समूहको ६४ लाख कित्ता र सर्वसाधारणको १६ लाख कित्ता  रहेको छ।

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १०:३९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij