Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

धरान उपमहानगरपालिकाका सबै परीक्षा स्थगित

धरान उपमहानगरपालिकाका सबै परीक्षा स्थगित


  • 4.5K
    Shares

    धरान उपमहानगरपालिकाका सबै परीक्षा स्थगित

    धरान । धरान उपमहानगरपालिको सञ्चालन गर्ने भनेका सबै परीक्षाहरु तत्कालका लागि स्थगित भएका छन् ।

    उपमहानगरले सोमबार विज्ञप्ति जारी गर्दै ५ देखि माथिका कक्षाहरुका मुख्य विषयहरुको परीक्षा आजदेखि सञ्चालन गर्ने जानकारी दिएको थियो ।

    सोमबार साँझ बसेको मन्त्री परिषद्को वैठकले देशभरका विद्यालयमा भौतिक पठनपाठन र पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेपछि उपमहानगरले पनि परीक्षा स्थगित गरेको उपमहागरका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले बताए ।

    उनले भने,‘मन्त्रीपरिषद्ले निर्णय गरेपछि हामीले पनि लिने भनेको सबै परीक्षा तत्कालको लागि बन्द  गर्ने निर्णय गरेको छौँ ।’

    मंगलबार उपमहानगरले विज्ञप्ती जारी गर्दै आजदेखि सञ्चालन गर्ने भनिएको कक्षा ८ लगायतको अन्य सबै कक्षाका वार्षिक परीक्षाहरु अर्को सूचना नआउँदा सम्मको लागि स्थगित गरिएको जनाएको छ ।

    विज्ञप्ति मार्फत उपमहानगरले सबै विद्यालयले भर्चुअल तथा वैकल्पिक माध्यमबाट शिक्षण सिकाईलाई जारी राख्न पनि निर्देशन दिएको छ ।

     

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - ११:४३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij