Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

एउटा कारभित्र एकै परिवारका ७ जना मृत फेला

एउटा कारभित्र एकै परिवारका ७ जना मृत फेला


  • 2.4K
    Shares

    एउटा कारभित्र एकै परिवारका ७ जना मृत फेला

    हरियाणाको पञ्चकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन्।

    पञ्चकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बताइन्।

    उनले भनेकी छन्, 'प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ।' समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादुनवासी एकै परिवारका सदस्य थिए।

    मृतकमा दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्य छन्।

    प्रहरीले सोमबार राति ११ बजेतिर सेक्टर २७ मा घटना भएको र सबैको शव कारबाट बरामद भएको बताएको छ। कारमा उत्तराखण्डको देहरादुन नम्बर भेटिएको थियो।

    डीसीपी कौशिकले प्रथम दृष्टिमा आत्महत्याजस्तो देखिए पनि सबै फोरेन्सिक प्रमाणहरू संकलन गरी अनुसन्धान भइरहेको बताएकी छन्। 

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - ०९:४५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij