Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ब्रेक फेल भएको बस उपमेयरको घरमा छिर्दा २ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

ब्रेक फेल भएको बस उपमेयरको घरमा छिर्दा २ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर


  • 2.3K
    Shares

    • images
    ब्रेक फेल भएको बस उपमेयरको घरमा छिर्दा २ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

    हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

    मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ स्थित गोपाली गाउँमा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको मकवानपुर प्रहरीले बताएको छ ।

    त्रिभुवन राजपथको गोपाली गाउँबाट थानाबजार तर्फ गैरहेको बा-३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर थाहा नगरपालिकाको उपमेयर भरत गोपालीको घरभित्र छिर्दा भएको दुर्घटनामा ४० वर्षको कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको मृत्यु भएको प्रहरीको भनाई छ ।

    बसले सडकमा हिडिरहेको एकजना पुरुषलाई ठक्कर दिएर उपमेयरको घरमा छिरेको स्थानीयले बताएका छ्न । दुर्घटनामा रघुनन्द यादव र कमलेश कुमार साहको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - ०७:४०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij