Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन


  • 3.1K
    Shares

    • images
    जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौँ जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौँ जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताएका हुन् । 

    भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने उनले बताए ।  अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यही अवस्था रहे बर्षौसम्म पनि अनुभूति हुनेगरी परिवर्तन महसुस गर्न नपाउने धारणा राखे ।

    उनले देश बिग्रिए केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डको केही नबिग्रने तर युवाहरू भविष्य भने बिग्रने भएकाले युवाहरू नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।  अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताए । 

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - १७:०४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij