२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन्।
सोमबार पाण्डेले स्पष्टीकरण बुझाएको गुरागाईंले जानकारी दिए। उनका अनुसार पाण्डेले स्पष्टीकरणमा आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गरेका छन्।
उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ, उनले भने, उक्त दिन आफूलाई जिम्मेवारी दिएको हुँदा कर्तव्य पालना गरेको भन्ने छ। हामी स्पष्टीकरणबारे थप अध्ययन गर्नेछौं।
गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij