२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सडक विभागको महानिर्देशक रामहरि पोखरेलको सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहालले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशक पोखरेलको सरुवा गरेका हुन् । उनलाई मन्त्रालयमा तानिएको छ ।
सरुवासँगै रिक्त विभागको महानिर्देशकमा डा. विजय जैसीलाई जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ । उनी यसअघि भौतिक मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखामा प्रमुख थिए ।
पोखरेल गत वर्ष जेठमा विभागको महानिर्देशक बनेका थिए । महानिर्देशक बन्नुअघि उनी विभागकै सहसचिव थिए । करिब एक वर्षपछि उनलाई मन्त्रालय तानिएको हो ।
डा. जैसी यसअघि सडक विभागकै उपमहानिर्देशक, विभाग अन्तर्गतकै अनुसन्धान तथा विकास केन्द्रका निर्देशक समेत भइसकेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij