Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौंको बसुन्धरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको बसुन्धरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु


  • 729
    Shares

    • images
    काठमाडौंको बसुन्धरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ ।

    काठमाडौं महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौंको चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा आज निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - १४:५५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij