Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले गरे बालेनलाई ७ दिनभित्र बैठक माग

उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले गरे बालेनलाई ७ दिनभित्र बैठक माग


  • 1.6K
    Shares

    उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले गरे बालेनलाई ७ दिनभित्र बैठक माग

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले बैठकको माग गरेका छन्।

    सोमबार उपमेयर डंगोलको नेतृत्वमा ४० जना कार्यपालिका सदस्यहरूले कार्यपालिका बैठक माग गरेको प्रवक्ता नवीन मानन्धरले जानकरी दिए। 

    'उपमेयरको नेतृत्वमा सबै जना कार्यपालिका सदस्यहरूले हस्ताक्षर गरी बैठक माग गरी मेयरलाई पत्र पठाएका छौं,' उनले भने, 'हामीले जतिसक्दो छिटो कार्यपालिका डाक्न माग गरेका छौं, पत्र दर्ता भइसकेको छ।'

    यसअघि चैत १० गते १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदसयहरूले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिका बैठक माग गरेका थिए। तर अहिलेसम्म पनि मेयर बालेन शाहले कार्यपालिका बैठक डाकेका छैनन्।

    images
    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - १३:५५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij