Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अपडेट

अध्ययन टोलीले भेट्टायो ५ हजार ३५० मिटरको उचाइमा तीन वटा हिमताल

अध्ययन टोलीले भेट्टायो ५ हजार ३५० मिटरको उचाइमा तीन वटा हिमताल


  • 1.6K
    Shares

    अध्ययन टोलीले भेट्टायो ५ हजार ३५० मिटरको उचाइमा तीन वटा हिमताल

    काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गत साता आएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले पाँच हजार तीन सय ५० मिटरमा रहेको हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको छ। 

    यसअघि दुईवटा हिमताल देखिएको स्थानमा थप एउटा हिमताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    अध्ययन टोलीमा प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी सहभागी थिए। 

    500058705_1017902137123767_6310962667471470432_n_JsuIRn5daf.jpg

    पाँच हजार तीन सय ५० मिटर उचाइमा अर्को ताल भेटिएको जनाए पनि सरकारी टोलीले बाढीपहिरो आउनुको निष्कर्ष भने सार्वजनिक गरेको छैन। यही जेठ १ गते राति बाढी र सुख्खा पहिरोका जाँदा नाम्खा गाउँपालिका-६ का १८ परिवारका ३२ जना विस्थापित भएका छन्।

    बाढीपहिरो प्रभावित अहिले पनि त्रिपाल टाँगेर बसेका छन्। करिब पाँच हजार ३०० मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको टोलीमा सहभागी सदस्यले बताएका छन्। 

    यसअघि स्थानीय आफैँ पोखरीसम्म पुगेर बाढी आउनुका कारण पत्ता लगाउने प्रयास गरेका थिए। तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ। 

    images
    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - ११:३६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij