Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कैलाली भन्सार प्रमुखमाथि कुटपिट

कैलाली भन्सार प्रमुखमाथि कुटपिट


  • 1.5K
    Shares

    • images
    कैलाली भन्सार प्रमुखमाथि कुटपिट

    काठमाडौं । कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानुन अनुसार कारबाही गर्न माग गर्दै भन्सारका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् ।

    भन्सार एजेन्ट महासंघ नेपालको नेतृत्वमा कर्मचारीहरुले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पेन डाउन गर्ने, कालोपट्टी बाँधेर काम गर्ने, भन्सार जाँचपास नगर्ने निर्णय गरेको भन्सार एजेन्ट महासंघ नेपालका अध्यक्ष प्रविन कुमार वैद्य बताएका छन् ।

    महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र कुटपिटमा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग पहिलो चरणको विरोध स्वरुप काम ठप्प पारिएको बताए । माग सम्बोधन नभए अझै कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।

    कैलाली भन्सार कार्यालय प्रमुख तिम्सिनामाथि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले शनिबार राति कुटपिट गरेको सीसीटीभी फुटेज बाहिरिएको थियो ।

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - १०:३१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij