Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

युवाको शङ्कास्पद रुपमा ज्यान गएको भन्दै स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

युवाको शङ्कास्पद रुपमा ज्यान गएको भन्दै स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ


  • 6.3K
    Shares

    युवाको शङ्कास्पद रुपमा ज्यान गएको भन्दै स्थानीयद्वारा प्रहरी कार्यालय घेराउ

    एक युवाको शङ्कास्पद तरिकाले ज्यान गएको भन्दै स्थानीयले नवलपरासीको इलाका प्रहरी कार्यालय घेरेका छन् ।

    सयौँको सङ्ख्यामा बेलाटारी पुगेका स्थानीयवासीले आत्महत्या नभएर युवकको हत्या गरिएको भन्दै न्यायिक छानविन हुनुपर्ने माग गरेका छन्  ।

    अस्ति आइतवारदेखि हराइरहेका प्रतापपुर गाउँपालिका वडा नम्बर ५ धर्मौलीका २३ वर्षका कौलेश कहांर हिजो खेतमा मृत अवस्थामा भेटिएका थिए ।

    शव हेर्दा युवकले आत्महत्या गरेको हुनसक्ने प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले जानकारी दिए । प्रहरीले आत्महत्या भनेपछि आक्रोशित बनेका स्थानीयवासी त्रिवेणी बर्दघाट सडकको प्रतापपुर पुलमा शव राखेर प्रदर्शन गरिरहेका छन् । 

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - ११:१६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij