Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रोशनी शाही मृत फेला घटनाः एउटा सुसाइड नोट पनि भेटियो

रोशनी शाही मृत फेला घटनाः एउटा सुसाइड नोट पनि भेटियो


  • 6.9K
    Shares

    • images
    रोशनी शाही मृत फेला घटनाः एउटा सुसाइड नोट पनि भेटियो

    काठमाडौं । बाहलवाला सभामुख रहेका बेला बलात्कार प्रकरणमा पूर्पक्षका लागि थुनासम्म पठाउने तत्कालिन संसदकी कर्मचारी रोशनी शाही भक्तपुरमा मृत फेला परेको छ।

    आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ। 

    २०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्। महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो। 

    अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो।

    त्यसबेला अनेक विषयमा बयानबाजी गर्ने शाही मृत फेला परेको दाबी गरिएको छ। एउटा सुसाइड नोट पनि भेटिएको छ। प्रहरीले अहिले अनुसन्धान जारी राखेका कारण सुसाइड नोटमा के लेखिएको छ भन्ने खुलाइसकेको छैन।

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १६:२२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij