Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

१४ वर्षीया किशोरीमाथि पाँच जनाले गरे सामूहिक बलात्कार, एकजना पक्राउ

१४ वर्षीया किशोरीमाथि पाँच जनाले गरे सामूहिक बलात्कार, एकजना पक्राउ


  • 3.3K
    Shares

    १४ वर्षीया किशोरीमाथि पाँच  जनाले  गरे सामूहिक बलात्कार, एकजना पक्राउ

    काठमाडौं । कञ्चनपुरमा १४ वर्षीय किशोरमाथि सामूहिक बलात्कार भएको छ।

    कैलालीको गोदावरी नगरपालिकाकी ती किशोरीमाथि कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, रैकवारमा सामूहिक बलात्कार भएको हो।

    इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्।

    पीडित किशोरीको जाहेरीपछि कृष्णपुर नगरपालिका–७ कै ती युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पीडित किशोरीले ५ जनाले आफूमाथि सामुहिक बलात्कार गरेको बताएकी छन्।

    नाम खुलेका ३ र अन्य २ जना अपरिचित युवकले बलात्कार गरेको उजुरी आएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    ती किशोरी २ गते गोदावरीबाट बिहेमा रैकबार आएकी थिइन्। त्यसैबेला युवकहरूले ललाइफकाइ नियन्त्रणमा लिँदै बन्धक बनाएर बलात्कार गरेको बताएकी छन्।

    प्रहरीलाई जेठ १० गते घटनाबारे जानकारी आएको थियो। किशोरी बेपत्ता भएपछि खोज्दै जाँदा परिवारले रैकबारमा भेटाएको थियो। त्यसपछि आरोपित युवकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तीन जना युवकविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

    images
    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १५:३२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij