२०८२ फाल्गुण ३० गते शनिवार
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक युवाको शव फेला परेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गालको शव फेला परेको प्रहरीले जनाएको छ । उनी सोमबार दिउँसोदेखि खाडलमा बेपत्ता थिए ।
पुल निर्माणका लागि निर्माण सामग्री निकाल्दा बनेको कृत्रिमतालमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको पौडी टोलीले गएराति अबेर उनको शव फेला पारेको हो । रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij