Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

बजेट सम्बन्धी अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा, जेठ १५ मा बजेट सार्वजनिक गर्ने योजना

बजेट सम्बन्धी अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा, जेठ १५ मा बजेट सार्वजनिक गर्ने योजना

  • 3.0K
    Shares

    बजेट सम्बन्धी अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा,  जेठ १५ मा बजेट सार्वजनिक गर्ने योजना

    काठमाडौं । आर्थिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारी अन्तिम चरणमा पुर्‍याएको छ। बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा पुगेको छ ।

    आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति, मन्त्रालयगत प्रगति विवरण तयारी अन्तिम चरणमा पुगेको छ  भने प्राविधिक सहायता परिचालन सम्बन्धी विवरण तयारी पनि अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

    बजेट वक्तव्य सहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायत प्रकाशन तयारी पनि जारी रहेको छ ।

    अर्थले आर्थिक वर्ष २०८२/८३ को बजेट सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गरिसकेको छ । सरकारले १५ जेठमा बजेट सार्वजनिक गर्ने योजना बनाएको छ।

    images
    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १३:४२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij