Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

झन्डै ४८ लाख बराबरको अवैध सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

झन्डै ४८ लाख बराबरको अवैध सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा


  • 1.8K
    Shares

    • images
    झन्डै ४८ लाख बराबरको अवैध सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

    काठमाडौं । सर्लाहीस्थित प्रहरीले अवैध सामान सहित एउटा ट्रक बरामद गरेको छ। सर्लाहीस्थित प्रहरी गस्ती टोलीले झन्डै ४८ लाख रुपैयाँको विभिन्न किसिमका अवैध सामान सहित एउटा ट्रक बरामद गरेको हो।

    आज बिहान पौने ८ बजे बागमती नगरपालिका १२ स्थित इलाका प्रहरी कार्यालय कर्मैयाबाट सई सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा  बुटवलबाट मोरङ तर्फ जाँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ ।

    प्रहरी टोलीले  चेकजाँच गर्दा उक्त गाडीमा  ४७ लाख, ९७ हजार, ५०१ रुपैयाँ बराबरको जिरा पाउडर, कस्मेटिक, टायर, हेलमेट, मोटरपार्टसहरु, ब्याट्री, मेडिसिन, मेसिन,हार्डवेयर, किचेन सिंक लगायतका खुद्रा सामानहरूको प्रज्ञापन पत्र नभएको, कतिपय सामानहरूको भ्याट बिल नभएको बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राई बताएका छन् । 

    सामानको विलबिजक नभएको र भएको बिल पनि शङ्कास्पद देखिएकोले ट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ। 

     

     

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १३:२७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij