Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मनकामना दर्शन गर्न आएका ६२ वर्षीय भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु

मनकामना दर्शन गर्न आएका ६२ वर्षीय भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु


  • 1.4K
    Shares

    मनकामना दर्शन गर्न आएका ६२ वर्षीय भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु

    काठमाडौं । भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ । मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको हो ।

    इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज मृत्यु भएको छ ।

    मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहको अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारार्थ इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । शव परीक्षणको लागि भरतपुर अस्पतालतर्फ लगिएको छ ।

    शव परीक्षणको लागि भरतपुर लगिएको अस्पतालकोतर्फ जानकारी आएको छ ।

    images
    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १२:५८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij