Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सामान्य प्रशासन मन्त्रालयको मूलढोकामा कर्मचारीको धर्ना, के छ कारण ?

सामान्य प्रशासन मन्त्रालयको मूलढोकामा कर्मचारीको धर्ना, के छ कारण ?


  • 1.7K
    Shares

    • images
    सामान्य प्रशासन  मन्त्रालयको मूलढोकामा कर्मचारीको धर्ना, के छ कारण ?

    काठमाडौं । संघीय निजामती सेवा विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । ।

    प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको उनीहरूको जिकिर छ ।

    सेवाअवधि भएको कर्मचारीलाई एक तह बढुवाको समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, संघ-प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटकका लागि छनौटको अवसर दिनुपर्ने लगायतका माग उनीहरुको छ । आन्दोलनमा नासु, खरिदार तहका कर्मचारी बढी सहभागी छन् ।

    स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग रहेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले बताए ।

    विधेयकले कर्मचारीको मनोबल घटाउने काम गर्ने भन्दै आफूहरूको माग मुद्दामा सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

    मुख्यसचिव र सचिवलगायतका कर्मचारीले पनि २ वर्षे ‘कुलिङ पिरियड’ को व्यवस्था हटाउन माग गर्दै यतिखेर दौडधुप गरिरहेका छ्न् ।

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - ११:२२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij