Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला

भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला


  • 1.9K
    Shares

    • images
    भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् । 

    आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौला लेखकको बचाउमा उत्रिएका हुन् । उनले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए । यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री  लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए । 

    नेता सिटौलाले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारी माथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।

    उनले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत सङ्ग्रह आवश्यक नभएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संशोधन आवश्यक भएको बताए । 
    सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने उल्लेख गरे।

    प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति समेत आवश्यक नभएको तथा नेपालका लागि सङ्घीय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था भएकाले संविधान संशोधन गरेर थप परिमार्जित गर्नुपर्ने उनले बताए ।

    त्यस्तै सिटौलाले २०८२ को मङ्सिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दसैँको आसपासमा महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिए । 

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १०:२८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij