Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

महायज्ञमा ‘केटी जिस्क्याएको’ निहुँमा दुई समूहबीच कुटाकुट

महायज्ञमा ‘केटी जिस्क्याएको’ निहुँमा दुई समूहबीच कुटाकुट


  • 2.1K
    Shares

    • images
    महायज्ञमा ‘केटी जिस्क्याएको’ निहुँमा दुई समूहबीच कुटाकुट

    काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ जितवापुरमा चलिरहेको महायज्ञका क्रममा दुई समूहबीच कुटपिट हुँदा एकजना घाइते भएका छन्। 

    प्रहरीका अनुसार महायज्ञमा पुगेका युवाहरूको समूहले युवतीलाई जिस्काएपछि बढेको विवाद झडपमा पुगेको हो । स्थानीयका अनुसार महायज्ञमा सहभागी स्थानीय युवाहरू र वडा नं. ५ मोहसड गाउँबाट आएका युवाहरूबीच शनिबार राति विवादपछि झडप भएको हो।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार महायज्ञ जेठ २ गतेदेखि सुरु भएको हो। पछिल्ला दिनहरूमा मोहसडबाट आएका केही युवाहरू रातिको समयमा विवाद गर्दै आउने गरेका थिए।

    शनिबार राति करिब १२ बजेपछिको समयमा पनि त्यही समूह महायज्ञस्थलमा आएर विवाद गर्न थालेपछि दुवै पक्षबीच कुटपिट भएको थियो।

    घटनामा स्थानीय विक्रम सिंह घाइते भएका छन्। उनी लुम्बिनी प्रदेश सभा सदस्य कन्यैया बानियाका स्वकीय सचिव हुन् । उनको हात र खुट्टामा चोट लागेको र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ।

    घटनापछि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहसडका २७ वर्षीय कमरउद्दिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर छन्।

    प्रहरी उपरीक्षक क्षेत्रीले पक्राउ परेकाहरूको साथबाट गोली नभएको एकथान कटुवा पेस्तोलसमेत बरामद गरिएको जानकारी दिए। हाल उनीहरू इलाका प्रहरी कार्यालय लुम्बिनीको हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    लुम्बिनीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक मगराठीका अनुसार महायज्ञमा गएका युवाहरूले युवतीलाई जिस्काएपछि विवाद सुरु भएको हो । उनले अहिले अवस्था सामान्य भएको र स्थानीयले गलत गर्नेलाई छानविन गरेर कारबाही गर्न सुझाएको बताए ।

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १०:०४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij