Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित


  • 1.3K
    Shares

    • images
    मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

    काठमाडौं ।  मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।

    वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताए ।

    किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ । ‘यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ’, उनले भने, ‘फौजी किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ ।

    मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ । विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ ।

    जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ । किराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेका किसानको भनाइ छ ।

    बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी किराको समस्या देखिएकोे कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । किरा नियन्त्रयका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ ।

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - ०९:४८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij