Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

२१ प्रहरी कर्मचारी सम्पर्कविहीन

२१ प्रहरी कर्मचारी सम्पर्कविहीन


  • 3.4K
    Shares

    २१ प्रहरी कर्मचारी सम्पर्कविहीन

    काठमाडौं । प्रहरी प्रधान कार्यालयमा प्रहरी कर्मचारी सम्पर्कविहीन भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले २१ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएको भन्दै तुरुन्त सम्पर्कमा आउन एक सूचना जारी गरेको छ । 

    आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन  सूचना प्रकाशित गरिएको कानुन शाखाले उल्लेख गरेको छ । 

    सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जबाफसहित कार्यालयमा हाजिर हुन आग्रह गरेको छ भने अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड (च) बमोजिम सेवाबाट हटाउने कारबाही भई जाने चेतावनी दिइएको छ । 

    pp_VVZRu91mnB.png

    images
    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - ०९:३४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij