Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एमालेबाट निर्वाचित भएका ३५९ जना वडाध्यक्षको भेला गोदावरीमा

एमालेबाट निर्वाचित भएका ३५९ जना वडाध्यक्षको भेला गोदावरीमा


  • 1.7K
    Shares

    • images
    एमालेबाट निर्वाचित भएका ३५९ जना वडाध्यक्षको भेला गोदावरीमा

    काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशका निर्वाचित वडा अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै छन् । 

    प्रधानमन्त्रीको सचिवालयको अनुसार बिहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

    एमाले बागमती प्रदेश कमिटीले निर्वाचित वडाअध्यक्षहरुको भेला बोलाएको छ भने ललितपुरको गोदावरी स्थित होटल  भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीको सबै वडा अध्यक्षहरु सहभागी हुने एमाले प्रदेश कमिटीले जानकारी दिएको छ । 

    निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायको रूपमा वडा अध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्र तहसम्म नै रणनीति बनाउने तयारी रहेको छ । 

    बागमती प्रदेश इन्चार्ज डा।राजन भट्टराईको अनुसार पार्टीको सङ्गठन विस्तारको लागि जनताको अपेक्षाहरू सङ्कलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडा अध्यक्षहरुको भेला बोलाइएको छ । 

    भेलामा बागमतीको १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी हुने भएका छन् भने उक्त भेला सोमबार सकिने भएको छ ।

     

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - ०९:१७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij