Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल फाइनान्सको शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

नेपाल फाइनान्सको शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?


  • 2.2K
    Shares

    • images
    नेपाल फाइनान्सको शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाडौं । नेपाल फाइनान्सको शेयर बिक्रीमा राखिएको छ। कम्पनीको करीब ११ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो। बिक्री प्रबन्धक प्रभु क्यापिटलको रहेको छ ।

    कम्पनीले केही समय अघि  मात्र आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो तर त्यतिबेला बिक्री नभएको संस्थापक समूहको १० लाख ९० हजार ३७१.१८७ कित्ता शेयर आज आइतबार जेठ ११ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

    उक्त शेयर खरिद गर्ने इच्छुक व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सकिने छन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नु पर्ने छ।

    बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र सोभन्दा बढीको लागि १० अंकले भाग जाने गरी खरिद आवेदन दिनु पर्ने छ। शेयर खरिदको लागि असार १ गतेसम्म बोलपत्र पेस गर्न सकिने भएको छ।

     नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा र प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा आवेदन पेस गर्न सकिन्छ।

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - ०९:०८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij