Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु


  • 1.4K
    Shares

    • images
    दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

    पोखरा । तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    शनिबार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट नदीमा खसेको हो। पुलको रेलिङ तोड्दै जिप नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    दुर्घटनामा परी व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक रोहित गुट्टा र धिरज रौनिहार मध्ये रौनिहारलाई प्रारम्भिक उपचारपछि पोखरा पठाइएको छ भने गुट्टाको उपचार दमौली अस्पतालमै भइरहेको छ।

    जिपमा पाँच जना सवार थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - ०६:१६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij