Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

‘भिजिट भिसा’ प्रकरणबारे गृहमन्त्री भन्छन् : दुई–चार दिनमा आफैँ बोल्छु

‘भिजिट भिसा’ प्रकरणबारे गृहमन्त्री भन्छन् : दुई–चार दिनमा आफैँ बोल्छु


  • 2.4K
    Shares

    • images
    ‘भिजिट भिसा’ प्रकरणबारे गृहमन्त्री भन्छन् : दुई–चार दिनमा आफैँ बोल्छु

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘भिजिट भिसा’ प्रकरणबारे मन्त्रालयले वक्तव्य जारी गर्ने बताएका छन् । नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा शनिबार कार्यकर्ताहरूसँगको छलफलका क्रममा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा हुने ‘भिजिट भिसा’ सेटिङबारे मन्त्रालयले प्रष्ट पार्ने बताएका हुन् । 

    ‘ट्वीटरमा लेख्ने के–के काम भइरहेका छन् । म दुई–तीन दिन चुप लागेर किन बसेको थिएँ भने यो कहाँबाट किन भइरहेको छ भन्ने खोजिराखेको थिएँ,’ गृहमन्त्री लेखकले भने, ‘धेरै कुरा मैले थाहा पाइसकेँ । आज म यहाँ कार्यक्रमबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ ।’ उनले दुई–चार दिनपछि आफू पनि बोल्ने जानकारी दिए । 

    ‘दुई–चार दिनमा म आफैं पनि केही कुरा बोल्छु,’ गृहमन्त्री लेखकले भने, ‘त्यसकारण म अहिले धेरै बोल्दिनँ । यसमा चिन्ता लिनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन ।’

    ‘भिजिट भिसा’ प्रकरणमा नाम मुछिइरहँदा उनले आफूबाट पार्टीको मन सानो हुने र टाउको निहुरिने काम नगरिने प्रष्टिकरण दिए । ‘म एउटै कुरा के भन्छु भने मैले जीवनभरी राजनीति गर्दा कुनै पनि पार्टीको मन सानो हुने र टाउको निहुरिने काम गर्दिनँ,’ गृहमन्त्री लेखकले भने, ‘जुन दिन मेरो हातदेखि त्यस्तो काम हुन्छ त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ । उठेका सबै विषय ठिक ढंगले कुरा राख्न सक्छु । गर्न सक्छु ।’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सचसहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् । 

    प्रकाशित मिति :जेठ १० २०८२ शनिवार - १५:४५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij