२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । कोरोना संक्रमण बढ्न थालेसँगै यसको रोकथामका लागि सुरक्षा निकायले कडाई थालेको छ ।
राजधानीमा मास्क नलगाई हिँड्नेहरुलाई प्रहरीले होल्डिङ जोनमा राख्न थालेको छ । मास्क नलगाई हिँड्नेहरुलाई बिहान ६ बजेबाटै प्रहरीले निगरानीमा राख्न थालेको हो ।
आज बिहानै स्वयम्भु क्षेत्रमा प्रहरीले सर्वसाधारणलाई होल्डिङ सेन्टरमा राख्नुका साथै सचेतना प्लेकार्डसमेत बोक्न लगाएका थिए । मास्क नगाउनेहरुलाई प्रहरीले सम्झाईबुझाई छाड्ने गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij