Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आरजु राणा इतिहासकै असफल परराष्ट्रमन्त्री हो : अमरेशकुमार सिंह

आरजु राणा इतिहासकै असफल परराष्ट्रमन्त्री हो : अमरेशकुमार सिंह


  • 2.2K
    Shares

    • images
    आरजु राणा इतिहासकै असफल परराष्ट्रमन्त्री हो : अमरेशकुमार सिंह

    काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिलेकी परराष्ट्रमन्त्री डा. आरजु राणाजस्तो असफल परराष्ट्रमन्त्री नेपालको इतिहासमा कोहीपनि नभएको दाबी गरेका छन् । उनले भारतसँगको नेपालको सम्बन्ध बिगार्ने कामपनि मन्त्री राणाले गरेको गम्भीर आरोप लगाए ।

    प्राइम टिभीबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा सांसद सिंहले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘भारत र नेपालको सम्बन्ध अहिले बिगारेकै केपी शर्मा ओलीभन्दा आरजु देउवाले हो ।’ मन्त्री राणा दोस्रो पटक भारत भ्रमणमा जाँदा कुनैपनि उच्चस्तरको भेटवार्ता नगरेको बरु चना र चट्पटे खाएर फर्किएको उनको आरोप छ ।

    उनले भने,‘कुनै देशको परराष्ट्रमन्त्रीले कुनै देशमा गएर ७ दिनसम्म धर्ना दिन मिल्छ ? मान नमान मै तेरा मेहमानको उखान छ, यति असफल परराष्ट्रमन्त्री नेपालको इतिहासमा कोही थिएन । आजसम्म विपिन जोशीको रिहाई गराउन सक्नुभएन । भारतसँग बिगारेको सम्बन्ध अहिलेसम्म बनाउन सक्नुभएन । किनकी बीआरआईपछि जुन सम्बन्ध बिगारेको हो ।’ हालै सम्पन्न भएको सगरमाथा सम्वादमा करोडौं रुपैयाँ खर्च भएपनि देशको लागि हात लाग्यो शून्य भएको उनको टिप्पणी छ ।

    उनले भने,‘यो सगरमाथा सम्वाद असफल भयो । कुनैपनि राष्ट्रप्रमुख आएनन, मोदी आए की, पुटिन आए की ? सि जिनपिङ को आए ? मलाई बताईदिनुहोस । के लगानीको वातावरण बन्यो ?’ उनले अहिलेकी परराष्ट्रमन्त्री राणाभन्दा सफल परराष्ट्रमन्त्री एनपी साउद नै रहेको दाबी गरे । साउदले नेपालको विदेश सम्बन्ध सन्तुलित बनाएको र सम्बन्ध कसैसँगपनि बिगार्न नदिएको सिंहले स्मरण गराए ।

    उनले आफू कहिल्यैपनि मन्त्री बन्न भनेर लागिनपरेको स्मरण गराए । गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा राज्यमन्त्री बन्नको लागि प्रस्ताव गरेको र आफूले अस्विकार गरेको सिंहले विगत सम्झाए । सिंहले नेपाल आजसम्म राजनीतिक रुपले कहिल्यैपनि स्वतन्त्र नरहेको दाबी गरे ।

    उनले आफू नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा रहेको स्पष्ट पारे । देशको अहित हुने कुराको विरुद्धमा आफू उभिँदै आएको पनि उनको भनाई छ । सिंहले आफू विपी कोइरालाको अनुयायी भएको सुनाए । तर, आफू कहिल्यैपनि शेरबहादुर देउवाको अनुयायी नभएको उनको भनाई छ । उनले भने,‘म डेमोक्र्याट हुँ । म कुनै पार्टीको झोले होईन । मेरो देशप्रति चिन्ता छ ।’

    उनले अब ०८४ को निर्वाचनमा मधेश प्रदेशमा कांग्रेसले पाँच सिटपनि चुनाव नजित्ने ठोकुवा गरे । अहिले सर्लाहीको चार वटा क्षेत्रमा एउटापनि क्षेत्र जित्न नसकेको सुनाउँदै सिंहले यस्तो दाबी गरेका हुन् । उनले हिजो कांग्रेस र एमालेकै कारण बहुदल गएको आरोप लगाए । अहिले कांग्रेस र एमालेकै कारण देशमा गणतन्त्रमाथि खतरा देखिएको उनको आरोप छ ।

    प्रकाशित मिति :जेठ १० २०८२ शनिवार - १३:१५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij