Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आजको मौसम

आज देशभर चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज देशभर चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध


  • 1.9K
    Shares

    आज देशभर चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध
    images

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

    जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

    बङ्गालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै मालदिभ्स, श्रीलङ्का लगायतका भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ।

    आज दिउसो सातै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा  चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति पनि यही सिलसिलाले निरन्तरता पाउने भएको छ ।

    सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :जेठ १० २०८२ शनिवार - ०७:४८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij