Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तीनकुने प्रदर्शन

तीनकुने घटनामा १०८ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय, प्रसाईंविरुद्ध पनि ५ मुद्दा

तीनकुने घटनामा १०८ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय, प्रसाईंविरुद्ध पनि ५ मुद्दा


  • 3.0K
    Shares

    • images
    तीनकुने घटनामा १०८ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय,  प्रसाईंविरुद्ध पनि ५ मुद्दा

    काठमाडौं । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ वटा मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको छ ।

    बिहीबार अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रसाईंलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराध मुद्दामा अभियोजन गर्न प्रहरीले राय दिएको हो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीले राय दिएको छ ।

    कुल १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

    प्रतिवादी बनाउनुपर्ने भनेर राय दिइएका मध्ये १८ जना फरार छन् । पक्राउ परेका र हाजिर जमानीमा छुटेका ९० जनालाई प्रतिवादी कायम गरिएको छ ।

    प्रकाशित मिति :जेठ ९ २०८२ शुक्रवार - १७:२२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij